बनियानी, ७ जेठ (रासस) ।झापाको कमल गाउँपालिकामा स्कारपियोको ठक्करबाट गए राति पैदलयात्रीको मृत्यु भएको छ ।
कमल गाउँपालिका–३ सानो केर्खामा प्रदेश३–०१–०२४च ४५३५ नंको स्कारपियोले पैदलयात्री शिवसताक्षी नगरपालिका–१ का ६२ वर्षीय साने दर्जीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली खटि गई ठक्कर दिने स्कारपियो र चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष
रोकामगरलाई आर्थिक सहयोग
पहुचयुक्त संरचना र संचार सम्वन्धी कार्यक्रम
उपनिर्वाचनको दिन यी सडक बन्द हुने
युनाइटेडको १३ औं वार्षिकोत्सव उपल्लो मुस्ताङको छोसेर गाउँमा