काठमाडौँ, ५ जेठ (रासस) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञसभाका सदस्य, महासमिति सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्लका पिता गजिन्द्रप्रकाशको निधनप्रति दुःख गर्नुभएको छ ।
सभापति देउवाले आज शोक वक्तव्यर्फत उहाँको मंगलबार निधनको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै उहाँको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
मल्ल जिल्ला विकास समिति स्याङ्जाका पूर्वसदस्यसमेत हुनुहुन्थ्यो । मल्लले कांग्रेसको सङ्गठन निर्माण र नेपालका लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउनुभएको उल्लेख गर्दै सभापति देउवाले उहाँको निधनबाट पार्टीले अग्रज अनुभवी व्यक्तित्वलाई गुमाएको बताउनुभएको छ ।
सामाजिक र विकास निर्माणका क्षेत्रमा समेत मल्लको सक्रिय योगदान थियो ।
Related News
सम्बन्धित समाचार
बाढी र डुबानका कारण विद्यालय बन्द
पोखरामा महानगर प्रमुख र प्रशासकीय अधिकृतको भेला
मेलम्ची क्षेत्रमा यातायात आवागमन कठिन बन्दै
प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीलाई पनि सहभागी गराउन आदेश
पेस्तोलसहित पक्राउ