इनरुवा, ३ जेठ (रासस) ।नेपाल प्रेस युनियन सुनसरी शाखाले कोरोना सङ्क्रमित सञ्चारकर्मीलाई घरघरमै पुगी स्वास्थ्य सेवा प्रदान गरेको छ ।
जिल्लाका १२ सञ्चारकर्मी सङ्क्रमित छन् । पहिलो चरणमा होमआइसोलेशनमा रहेका सात सञ्चारकर्मीका निवासमा पुगी स्वास्थ्य सेवासहित आवश्यक सामग्री प्रदान गरिएको युनियन जिल्लाका अध्यक्ष पवन अधिकारीले जानकारी दिनुभयो ।
इटहरी कार्यक्षेत्र बनाएर विभिन्न सञ्चारमाध्यममा कार्यरत छ र इनरुवाका एक सञ्चारकर्मीलाई सेवा प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।
आइसोलोशनमा रहँदा ख्याल गर्नुपर्ने विषयमा डाअमितकुमार खतिवडा तथा नर्स किरण चौधरीले सेवा प्रदान गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरामा विश्व एड्स दिवस मनाइयो
कानुन व्यवसायी बाँस्तोला अभियनयमा
पोखरा १३ का विपन्न तथा मजदुरका लागि निशुल्क स्वास्थ्य बिमा कार्ड
पोखरामा रगत अभाव, सोमबार बिहान जिरो किमिमा रक्तदान कार्यक्रम
पर्यटन टिकाउन होटल संघद्वारा राष्ट्र बैंकको ध्यानाकर्षण