काठमाडौँ, ३ जेठ (रासस) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य, तत्कालीन गुल्मी क्षेत्र नं ३ का पूर्वसभापति एवं इस्मा गाउँ कार्यसमितिका पूर्वसभापति रामचन्द्र रिजालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
नेता रिजालको यही जेठ १ गते भैरहवामा उपचारका क्रममा ८२ वर्षको उमेरमा निधन भएको हो ।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत स्व रिजालले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनुभएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
सभापति देउवाले रिजालको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको उल्लेख गर्नुभएको छ ।
Related News
सम्बन्धित समाचार
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष
रोकामगरलाई आर्थिक सहयोग
पहुचयुक्त संरचना र संचार सम्वन्धी कार्यक्रम
उपनिर्वाचनको दिन यी सडक बन्द हुने
युनाइटेडको १३ औं वार्षिकोत्सव उपल्लो मुस्ताङको छोसेर गाउँमा