काठमाडौँ, ३ जेठ (रासस) । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर नेपाल टेलिकमले भ्वाइस ओभर (भिओ) एलटिई सेवाको परीक्षण शुरु गरेको छ ।
टेलिकमका सेवालाई आधुनिकीकरण गर्ने भन्दै आजदेखि वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटिई सेवाको परीक्षण शुरु गरिएको हो ।
उक्त सेवा प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा भिओ एलटिई सेवाको परीक्षण शुरु गर्न लागिएको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेशन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महसुस गर्न सकिनेछ ।
कसरी लिने सेवा सो सेवाका लागि भिओएलटिई सपोर्ट गर्ने मोबाइलमा ८४४४३ डायल गरी प्राप्त निर्देशनको अनुसरण गरी सिममा भिओएलटिई एक्टिभेट गर्न सकिनेछ ।
यस्तै सो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई भिओएलटिई कल फर एनटिसी सिमसमेत इनेबल गर्नुपर्दछ । लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भिओएलटिईको सङ्केत देखापर्दछ ।
भिओएलटिईको सङ्केत देखापरेपछि ८१११३ डायल गर्नुपर्दछ । भिओएलटिई सेवाका प्रयोगकर्ताले नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सक्नेछन् भने एक सय मिनेट भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराइनेछ ।
आफ्नो मोबाइल सेटले भिओएलटिई सपोर्ट गर्छ÷गर्दैन भनी थाहा पाउनका लागि तथा उक्त सेवासम्बन्धी थप जानकारीका लागि टेलिकमको वेबसाइटमा लिङ्क प्रयोग गर्न सकिनेछ ।
Related News
सम्बन्धित समाचार
मादी गाउँपालिकामा फागुन १ गते देखि हुने सोँथर बेँसी टारी बजार मेलाको तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता
विश्व सिमसार दिवसको अवसरमा फेवा किनारमा संरक्षण फोटो प्रदर्शनी
एकतावद्ध भएमा बहुमत प्राप्त पार्टी बनाउन सकिन्छ – सभापति देउवा
विकृति विसंगति न्यूनिकरण गर्न सामुदायिक सेवा केन्द्रको विकल्प छैन– महानिरीक्षक कुँवर
प्रेस चौतारी पत्रकारिता पुरस्कार ईन्द्र पौडेललाई, गणेशमान गुरूङलाई सम्मान