संक्रमण बढेपछि एक साताका लागि सबै सेवा बन्द

रासस
जेठ ३, २०७८
corona 2

सिमकोट, ३ जेठ (रासस) ।कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि जिल्लाको अदानचुली गाउँपालिकाका सबै सेवा तत्कालका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

गाउँपालिकामै परीक्षण गरिएकामध्ये ५० प्रतिशतभन्दा बढीमा सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै काम अनिश्चितकालका लागि बन्द गरिएको गाउँपालिका उपाध्यक्ष सौमती ऐडीले जानकारी दिनुभयो ।

आइतबार गाउँपालिकाले आयोजना गरेको सर्वपक्षीय बैठकको निर्णयानुसार आइतबारदेखि नै लागू हुने गरेर गाउँपालिकाका सबै काम बन्द गर्ने निर्णय गरिएको हो ।

गाउँपालिकाले एन्टिजेन विधिमार्फत शनिबारदेखि शुरु गरेको परीक्षणमा सात जनामा सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकालाई सिल गर्ने निर्णय गरिएको हो ।

बैठकले सोमबारदेखि गाउँपालिका, वडा कार्यालयमा राखिएका इन्टरनेट सेवासमेत जेठ ९ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको बताइएको छ । कार्यालयमा राखिएको इन्टरनेट सेवाका कारण प्रयोगकर्ताको भिड लाग्ने भएपछि त्यस्तो निर्णय गरिएको हो ।

बन्दको समयावधिमा वडाध्यक्षको सिफारिसमा एक गाउँबाट अर्को गाउँ आउन र जान पाउने निर्णय गरिएको उपाध्यक्ष ऐडी जानकारी दिनुभयो ।

“जेठ ९ गतेसम्म गाउँपालिकाभित्रका सबै होटेल तथा पसललाई पूर्णरूपमा बन्द गर्ने निर्णय गरेका छौँ”, उपाध्यक्ष ऐडीले भन्नुभयो, “यो अवधिमा मेसिनले गर्ने कामबाहेक अन्य सबै विकास निर्माणका कामलाई समेत तत्काल स्थगन गर्ने निर्णय गरिएको छ ।”

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै