पोखरा, २ जेठ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष नारायण शर्मालाई पितृशोक परेको छ ।
शर्माका पिता गंगाधर शर्मा चापागाईको ९० वर्षको उमेरमा शनिबार दिउँसो आफ्नै निवास नवलपुरको कावसाती ९ मा निधन भएको हो । स्वर्गीय शर्मा लामो समय देखि दमको रोगी थिए । स्वर्गीय शर्माका श्रीमती, दुई छोरा र चार छोरी छन् ।
यसैबीच नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले शोक विज्ञप्ति जारी गर्दै स्वर्गीय शर्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
‘अध्यक्ष नारायण शर्माको पूज्यनीय पिता गंगाधर शर्मा चापागाईको निधनको खबरले नेपाल महासंघ गण्डकी प्रदेश समिति मर्मात र स्तब्ध भएको छ ।
यस दुखद् घडीमा महासंघ प्रदेश समिति स्वर्गीय बुबाको आत्माको चीरशान्तिको कामना गर्दै अध्यक्ष शर्मा सहित परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।’ महासचिव गोविन्द सुवेदी द्धारा जारी शोक विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Related News
सम्बन्धित समाचार
जनकपुरमा माघको २५ देखि लाटोकोसेरो तथा हुचील उत्सव हुने
टीकाराम बाँस्तोला स्मृतिमा राष्ट्रिय प्रतिभा सम्मान
१३ औं पोखरा महोत्सव सम्पन्न
कास्कीको मादी गाँउपालिकामा नागीधार महोत्सव शुरु
पोखरा ३३ मा आमा समूह र विद्यालयसँग काँग्रेस