कोरोना रोगका संक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि २ हप्ता सम्म काठमाडौं उपत्यकामा लकडाउन घोषणा गरेपछि सुनसान सिंहदरवारवाट भद्रकाली जाने सडक खण्ड । तस्वीर ः प्रदीपराज वन्त,रासस
सुरुङ्गा (झापा) ३१ वैशाख (रासस) । झापामा थप एक साताका लागि निषेधाज्ञा लम्बिएको छ ।
जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले आगामी जेठ ७ गते मध्याराति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो ।
झापामा यस अघि वैशाख १९ गतेदेखि पहिलो चरणका लागि निषेधाज्ञा लगाइएको थियो । पहिलो चरणको निषेधाज्ञा आज राति १२ बजे सकिँदै थियो ।
कोभिडका बिरामी जिल्लामा बढेको र मृत्यु दरसमेत उच्च रहेको पाइएपछि निषेधाज्ञा जेठ ७ गतेसम्मका लागि लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताउनुभयो ।
औषधि, स्वास्थ्य सामग्री, इन्धन बाहेक अन्य खाद्यान्न पसल, व्यवसाय पूर्ण रूपमा बन्द गर्ने र हरियो तरकारी, फलफूल, दूध तथा दूधजन्य पदार्थ स्थानीय तह र स्थानीय उद्योग वाणिज्य सङ्घको समन्वयमा बिहान ८ बजेभित्र घरघरमा होम डेलिभरी सेवा उपलब्ध गराउने सकिने निर्णय बिहिबार वसेको बैठकले निर्णय गरेको हो ।
बैठकले औषधि खरिद तथा उपचारका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कने, अत्यावश्यक सेवा सञ्चालन बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बिमा लगायतका कार्यालयहरू स्थगन गर्ने निर्णय गरेको छ ।
Related News
सम्बन्धित समाचार
मानव बेचबिखन र साइवर अपराध सम्वन्धी अभिमुखिकरण कार्यक्रम
शुक्रबारदेखि एसईई, तयारी पूरा
पोखरामा अनलाईन पत्रकारिता तालिम हुने
महर्षी गुरुकुलमा ज्योतिषि सुनझाँक्रीको सहयोग
निर्माणाधीन काँहुखोला–सिक्लेस– दुधपोखरी सडकको अनुगमन