पोखरा, २८ वैशाख । नेपाली काँग्रेस बागलुङ्ले कोरोनबाट सयौं नागरिकहरुले ज्यान गुमाउदा पनि सरकार पुरै उदासिन, असंवेदनशील र गैर जिम्मेवार बनेको भन्दै नागरिकको बाँच्न पाउने अधिकार ग्यारेन्टी गर्न ध्यानाकर्षण गरेको छ ।
नेपाली काँग्रेस बागलुङका जिल्ला सचिव नवराज पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा भयावह अवस्थाबाट मुक्त भइ ढुक्क साथ बाँच्न सक्ने वातावरण सिर्जना गर्न माग गरिएको छ ।
सरकार भ्रष्टाचार, कमिशनमा लाग्दा रोकथाम तथा उपचारमा प्रभावकारी काम हुन नसकेको उल्लेख गरेको छ ।
जिल्लामा समेत अति जोखिम अवस्था सिर्जना भएकोले नेपाली काँग्रेस, भातृ तथा शुभेच्छुक संघ संस्थाका विभिन्न तह र तप्कामा रहेका नेता, कार्यकर्तालाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेका नागरिकहरुलाई सक्दो सहयोग गर्न अपिल गरेको छ ।
Related News
सम्बन्धित समाचार
ईन्टर कलेज व्याण्ड कम्पिटिसनका दर्शकलाई एनटिसीको सिम निःशुल्क वितरण गरिने
पोखरा महानगरपालिका वडा नं.१६ र १९ मा निःशुल्क एम्बुलेन्स सेवा
सुर्खेतका वादीलाई ग्लोबलको सहयोग
तेर्सापट्टिमा निःशुल्क एकिकृत प्रजनन् स्वास्थ्य शिविर
एन प्याव्सनको भाषा ज्ञान प्रतियोगितामा अञ्जुली प्रथम