पोखरा, २७ वैशाख। पोखरा २५ हेमजावासीले कोरोनाको संक्रमण नियन्त्रणका लागि सक्रिय भएका छन् ।
उनीहरुले जुममार्फत् भेला गरी वडा कार्यालयलाई कोरोनो नियन्त्रणका लागि सहयोग र समन्वय गर्नका लागि समिति गठन गरेका छन् ।
जागरण अभियान नेपाल हेमजा र राष्ट्रिय परोपकार महासंघ हेमजाको पहलमा गरिएको भेलामा स्थानीय संघसंसथा, बुद्विजीवी र सामाजिक अभियन्ताको सहभागिता रहेको थियो।
भेलाले कोरोना नियन्त्रण र समन्वयको काम अघि बढाउन युवा समाजसेवी मोतिराज तिम्सिनाको संयोजकत्वमा समिति गठन गरेको छ ।
भेलाले वडाभित्रको हालसम्मको संक्रमणको अवस्था र नियन्त्रण, आवश्यक पर्ने आइसोलेसन सेन्टर, निषेधाज्ञा उल्लंघन नियन्त्रण, आवश्यक औषधी र सामाग्रीका बारेमा वडा कार्यालयको ध्यानाकर्षण गराएको छ ।
Related News
सम्बन्धित समाचार
डागर स्मृति पुरस्कार युवा वैज्ञानिक मनिषालाई
स्थापना दिवसमा कर्मचारी युनियनद्वारा मानवसेवा आश्रममा सहयोग
‘कास्कीलाई विकासमा नमुना बनाऔ’
शिक्षाको गुणस्तर बढाउन वडामा अन्तरक्रिया
रुद्रबहादुर कार्की स्मृतिग्रन्थ विमोचन