कोरोना नियन्त्रण र विरामीलाई सहयोग गर्न अघि सर्दै बागमारा युवा संगम समूह

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २६, २०७८
bagmara yuba sangam

पोखरा, २६ वैशाख । युवा सशक्तिकरणका साथै सामाजिक सेवाका क्षेत्रमा कृयाशिल बागमारा युवा संगम समूहले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सचेतना सँगै सहयोग अभियानलाई बढाउने भएको छ ।

बागमारा युवा संगम समूहको सामाजिक दूरी सहित आज सम्पन्न बैठकमा महामारी शहर बजारहुँदै गाउँवस्तीसम्म पनि पसेको अवस्थालाई दृष्टिगत गर्दै स्वास्थ्य सचेतनासँगै आवश्यकता अनुसारको सहयोगमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने लगायतका विषयमा छलफल गरिएको समूहका अध्यक्ष महेश्वर अर्यालले जानकारी दिनुभयो ।

समाजमा विरामी भएका व्यक्तिका लागि आवश्यक पर्ने एम्बुलेन्सको व्यवस्थापनका सँगै अन्य विभिन्न समस्यामा पनि समूहले सहजीकरण गर्ने र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै कोरोनासँग बच्न सक्ने उपायका सम्बन्धमा पनि समाजमा सचेतना अभिबृद्धि गर्ने उहाँले बताउनुभयो ।

आफ्नो क्षेत्रलाई सुरक्षित राख्नका लागि सबै किसिमको सजगता अपनाइने अध्यक्ष अर्यालले जानकारी दिनुभयो । वैठकले समूहका नाममा वडामा परेको रकमले पानीट्याङ्कीस्थित क्लबको जग्गा व्यवस्थापन एवम् आवश्यक परे ताराबार गर्ने, वडाको मातहतमा रहेको भवनलाई क्लबको नेतृत्वमा लिनका लागि सम्बन्धित निकायहरूमा पत्राचार गर्ने, प्रत्येक महिनाको अन्तिम शनिबार वैठक बस्ने तथा त्यसको व्यवस्थापन लगायतका निर्णय गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives