झापा, २१ वैशाख (रासस) । झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उहाँ चट्याङ लागेर घाइते हुुनुभएको थियो ।
तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पु¥याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएका थिए । मृतक प्रहरी सहायक निरीक्षक ठाकुर ४७ वर्षको हुनुहुन्थ्यो ।
भारतसँगको सीमा नजिक रहेको उक्त अस्थायी प्रहरी चौकीको टोली साइकल गस्तीमा निस्किएको थियो । हावाहुरी र भारी वर्षासँगै परेको चट्याङले ठाकुरलाई लागेको थियो । गस्तीमा खटिएका अरु प्रहरीहरु सुरक्षित नै छन् ।
Related News
सम्बन्धित समाचार
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा…
प्रहरी र स्थानीयवासीका बीचमा झडप ः आठ प्रहरी घाइते
पहिरोमा स्काभेटर पुरिँदा चालकको मृत्यु
महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता
मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व