चट्याङ प¥यो, एक जनाको मृत्यु

रासस
वैशाख १८, २०७८
chatang

इनरुवा, १८ वैशाख(रासस) ।सुनसरी, गढी गाउँपालिका– २ औरावनीका एक जनाको चट्याङ लागेर आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६० वर्षीय रघुनाथ यादव छन् ।

सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले भैँसी चराउन खेततर्फ गएका बेला चट्याङमा परेर यादवको मृत्यु भएको जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार