उज्ज्वल र सरस्वतीको ‘छाता ओढेर’ गीत सार्वजनिक

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १८, २०७८
thumbnai chata (1)

पोखरा, १८ वैशाख । गायक उज्ज्वल गिरी र सरस्वती पुरीको गीत ‘छाता ओढेर’ युट्युवमार्फत् सार्वजनिक भएको छ ।

केही फरक प्रस्तुती र श्रोताको मनमा छुने गीत ल्याइएको गायिका सरस्वतीको भनाइ छ । यो गीत श्रोताले रुचाएमा छिट्टै समयसापेक्ष गीत लिएर आउने बताउनुभयो ।

उहाँ पोखरामा नर्सिङ पेशामा आवद्ध हुनुहुन्छ । त्यस्तै अर्का गायक उज्ज्वल भने नेपालको लोकसङ्गित क्षेत्रमा परिचित नाम हो ।

गीतमा शब्द उज्ज्वलकै रहेको छ भने लय महेन्द्र भण्डारीको छ । म्युजिक भिडियोको छायांङ्कन अजय रेग्मीले गर्नुभएको छ । सम्पादन विष्णु शर्माको र निर्देशन प्रकाश भट्टको रहेको छ ।

समूह गायनमा शर्मिला अर्याल, संगिता डंगोल, गोविन्द पराजुली, राजेन्द्र बाजुराली र महेन्द्र भण्डारीले साथ दिनुभएको छ ।

म्युजिक भिडियोमा अञ्जली अधिकारी, ओवी रायमाझी, सचिन परियार, तेजेन्द्र परियार, साहिल क्षेत्री, सुप्रिया क्षेत्री, मनिष खड्का र नेपाली चार्लीको अभिनय देख्न पाइन्छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives