तुलसीपुर, १५ वैशाख (रासस) । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई ढुङ्गाले हानेर हत्या गरेका हुन् ।
मङ्गलबार राति करिब ८ बजेतिर ढुङ्गाले हान्दा गम्भीर घाइते भएकी विपनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा मङ्गलबार बाटोमै मृत्यु भएको हो ।
उनको शव प्रादेशिक अस्पतालमा राखिएको छ । फरार रहेका श्रीमान्को खोजी भइरहेको छ । विपनाकी चार वर्षीया छोरी छन् ।
Related News
सम्बन्धित समाचार
ईन्टर कलेज व्याण्ड कम्पिटिसनका दर्शकलाई एनटिसीको सिम निःशुल्क वितरण गरिने
पोखरा महानगरपालिका वडा नं.१६ र १९ मा निःशुल्क एम्बुलेन्स सेवा
सुर्खेतका वादीलाई ग्लोबलको सहयोग
तेर्सापट्टिमा निःशुल्क एकिकृत प्रजनन् स्वास्थ्य शिविर
एन प्याव्सनको भाषा ज्ञान प्रतियोगितामा अञ्जुली प्रथम