पोखरा, १४ वैशाख । प्रजातन्त्र सेनानी, नेपाली काँग्रेसका क्रियाशील सदस्य हर्क बहादुर केसीको निधन भएको १२ औं दिनको पुण्य तिथिमा मङ्गबार श्रद्वाञ्जली सभा गरिएको छ ।
नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा २८ ले देउमाणिमा आयोजना गरेको कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता, शुभेच्छुक, आफन्त, छिमेकी र परिवारजनको सहभागिता रहेको थियो ।
श्रद्वाञ्जली सभामा सहभागिता जनाउन तथा केसी परिवारप्रति समवेदना व्यक्त गर्न नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला देउमाणि पुग्नु भएको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो। स्व. हर्कबहादुर नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीका बुबा हुनुहुन्छ ।
श्रद्वाञ्जली सभामा नेपाली काँग्रेसका महामन्त्री डा. कोइरालाले जन्म र मृत्यु स्वभाविक प्रक्रिया भएको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु शुक्रराज शर्मा, यज्ञबहादुर थापा, आइ बहादुर गुरुङ, राजु थापा, परिवारकोतर्फबाट बाबुराम केसी, इकाइ उपसभापति शिवबहादुर अधिकारी, सचिव राजेश अधिकारीले बोल्नुभएको थियो ।
कार्यक्रम इकाइ सभापति विकास गुरुङको अध्यक्षतामा भएको थियो ।
Related News
सम्बन्धित समाचार
चार दशकसम्म मृगतृष्णा बनेको पश्चिमसेतीले जगाएको आशा
घरायसी विवादमा श्रीमान्को मृत्यु, श्रीमती पक्राउ
कांग्रेसले पार्टीका स्थानीय जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम गर्ने
चोरीका चार मोटरसाइलसहित छ पक्राउ
मेलम्ची तटीय क्षेत्र जोखिममा, सतर्कता अपनाउन आग्रह