पोखरामा मनाइयो विश्व भेटेरिनरी दिवस

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १२, २०७८
Vererinery

पोखरा, १२ वैशाख । पोखरामा  २१ औँ विश्व भेटेरिनरी दिवस मनाइएको छ ।

गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले संयुक्त रुपमा दिवस मनाएको हो ।

सो दिवसको अवसरमा कोभिड–१९ संकटमा भेटेरिनरीयनको प्रतिक्रिया विषयक निवन्ध प्रतियोगिता गरिएको थियो ।

प्रतियोगितामा भद्रकाली माध्यमिक विद्यालयका कृति सिग्देल प्रथम, गण्डकी बोर्डिङ स्कूलका दिया रानाभाट द्वितीय, बराह मावि भेडाबारीका पुरुषोत्तम यादव तृतीय र सुस्मिता कार्की सान्त्वना स्थान हासिल गर्नुभएको थियो । विजेतालाई क्रमशः सात हजार, पाँच हजार, तीन हजार र एक हजार पुरस्कार प्रदान गरिएको छ ।

त्यस अवसरमा सरोकारवालाबीच अन्तरक्रिया गरिएको थियो । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख डा.ग्रिष्म न्यौपानले पशु कल्याण, पशु अधिकार जुनोटिक रोग बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

विश्व भेटेरिनरी दिवस समारोहका कार्यक्रम संयोजक एवं निर्देशनालयका पशु चिकित्सक डा. प्रेरणा सेढाईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पशु स्वास्थ्य प्राविधिक सुरेश कुमार श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा सन्देशमुलक सामग्रीहरु वितरण गरिएको थियो ।

भेटेरिनरी पेशाको प्रवद्र्धन, पशु स्वास्थ्य, कल्याण, खाद्य सुरक्षा र वातावरणको क्षेत्रमा काम गर्ने उद्देश्यले विश्व भेटेरिनरी दिवस मनाइदै आइएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै