काठमाडौँ, १ वैशाख (रासस) ।प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सरकार बन्दाबन्दी गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको हो ।
उहाँले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै सकेसम्म बन्दाबन्दीको पक्षमा नरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरुले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो ।
Related News
सम्बन्धित समाचार
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष
रोकामगरलाई आर्थिक सहयोग
पहुचयुक्त संरचना र संचार सम्वन्धी कार्यक्रम
उपनिर्वाचनको दिन यी सडक बन्द हुने
युनाइटेडको १३ औं वार्षिकोत्सव उपल्लो मुस्ताङको छोसेर गाउँमा