पोखरा, २२ चैत । विवेकशील साझा पार्टीले पोखरा २१ मा छबे कामीको संयोजकत्वमा १९ सदस्यीय वडा समिति गठन गरेको छ ।
समितिको सहसंयोजकमा मनबहादुर सुनार, सचिवमा अर्जुन सुनार, सहसचिवमा युवराज पौडेल र कोषाध्यक्षमा महेन्द्र सुनार छन् ।
भेलामा बोल्दै विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रजनी केसीले विवेकशील साझा पार्टी गाउँ÷गाउँमा पुग्ने बताइन् ।
कार्यक्रममा विवेकशील साझा पार्टी जिल्ला संयोजक फणिन्द्र अधिकारी, जिल्ला सहसंयोजक जयन्ती मोक्तान, पोखरा महानगर समितिकी सहसंयोजक बिपना कुँवर, स्थानीय समाजसेवी क्याप्टेन दिलबहादुर थापा, युवा नेता राम पौडेलले बोेलेका थिए ।
पोखरा महानगरका बाँकी सबै वडामा समिति गठन गर्ने तयारीमा रहेको विवेकशील साझा पार्टी पोखरा महानगरका संयोजक अजय श्रेष्ठले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
बढ्यो सुनको मूल्य
कास्कीमा विद्युत आपुर्ति अवरुद्व हुने
जिम्मेवारीपूर्वक काम नगर्ने चिकित्सकसँग दोस्रो पटक स्पष्टिकरण माग
सधै जसो कृषि तथा वन विज्ञान विश्वविद्यालयमा तालाबन्दी