पोखरा, १४ चैत । सेण्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) गण्डकीको आयोजनामा पोखरामा शनिवार फुटसल प्रतियोगिता भएको छ ।
गण्डकी प्रदेशका ११ समूहको सहभागिता रहेको प्रतियोगितामा सिडेन कास्की ‘डि’ बिजेता र सिडेन कास्की ‘बी’ उपबिजेता बनेको छ ।
बिजेता र उपबिजेता समूहलाई क्रमशः नगद २० हजार र सात हजारसहित ट्रफि प्रदान गरिएको छ । प्रतियोगितामा निराजन गैहे म्यान अफ दी म्याच घोषित भए ।
प्रतियोगिता उद्घाटन गर्दै नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले पार्टीलाई मजबुद बनाउन सबैको भूमिका आवश्यक रहेको उल्लेख गरे ।
सिडेन गण्डकीका अध्यक्ष सुरेन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खेमराज कोइरालाले स्वागत र सचिव सन्तोष जिसीले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
कोरोनाका कारण लाहाचोकको फुटबल प्रतियोगिता स्थगित
गौचरन कपको उपाधि सुन्दर संगम युवा क्लबलाई
लाहाचोकमा सेभेन ए साइड फुटबल प्रतियोगिता हुने
चैत २१ गतेदेखि आहा ! रारा गोल्ड कप
तेस्रो डायमण्ड रनिङ शिल शुरु