पोखरा, १४ चैत । नेपाल आदिवासी जनजाति संघ कास्कीले आज शनिवार पोखरामा गर्न लागेको शुभकामना आदानप्रदान, नयाँ वर्ष २०७८ को क्यालेण्डर विमोचन र सम्मान कार्यक्रम स्थगित भएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीको निधनप्रति दुःख व्यक्त गर्दै कार्यक्रम स्थगित गरिएको संघका अध्यक्ष आश बहादुर गुरुङले जानकारी दिए ।
सो कार्यक्रमका लागि नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महत पोखरा आउने कार्यक्रम थियो ।
कार्यक्रमको मिति पछि तय गरिने छ ।
Related News
सम्बन्धित समाचार
सर्वोच्चको फैसला ः निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्नु
एम्बुलेन्स दुर्घटनामा वृद्धाको मृत्यु
हत्याको आरोपमा दुई पक्राउ
बलात्कार घटनामा हदम्याद बढाउन नेविसङ्घको माग
प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट