पोखरा, ११ चैत । महिन्द्रा ट्याक्टर पटिहानी फुटबल क्लव चितवनले गरेको गौचरण कप २०७७ को उपाधि सुन्दर संगम युवा क्लव सुन्दरवस्तीले जितेको छ ।
फाइनल खेलमा जनप्रेमी युवा क्लव टाउनलाई १ –० गोल ले पराजित गर्दै उसले उपाधि जितेको हो । उसले उपाधिसँगै नगद ११ हजार एक सय ११ सहित ट्रफि र मेडल जितेको छ ।
फागुन २२ गते बाट शुरु भएको खेलमा साविक पटिहानी क्षेत्रका १२ वटा टीमले सहभागिता जनाएका थिए । कार्यक्रममा वाग्मती प्रदेशका सदस्य रामलाल महतोले खेलले एकआपसमा भावानात्मक सम्वन्ध विकास गर्न सक्ने बताए ।
त्यस अवसरमा भरतपुर १४ का वडाध्यक्ष ओम प्रकाश पोख्रेल र भरतपुर २२ का वडाध्यक्ष बिष्णु राज महतोले खेलको महत्व बढाउन क्लवले गरेको कामको प्रशंसा गरे ।
क्लवका अध्यक्ष पोष्टराज तिमिल्सिनाले खेलका सहभागीलाई समेटेर एउटा मजबुत टिम निर्माण गर्ने र छिट्टै नै बालबालिका को लागि फुटबल प्रशिक्षण संचालन गर्ने बताए ।
समापनमा राष्ट्रिय खेलकुद परिषद्का मुख्य प्रशिक्षक अरुणा गुरुङ र चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीलाइ सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
आयोजक पोखरा महानगरपालिका ह्विलचेयर बास्केटबलको विजेता
अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम
सातौं पोखरा स्पोर्ट्स अवार्ड बैशाख २२ मा
टाइगर कप भलिबल ः कसले जित्ला उपाधी ?
टाइगर कप भलिबल ः विभागिय टोलीहरुको बर्चश्व