पोखरा, ८ चैत । जोगिचौर युवा क्लवले कास्कीको माछापुच्छे« गाउँपालिका–४, लाहाचोकमा गाउँपालिकास्तरीय खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने भएको छ ।
गाउँपालिका भित्र रहेका क्लवहरु बीच चैत्र १३ देखि १५ गतेसम्म लाहाचोक महेन्द्र मा.वि.को खेल मैदानमा प्रतियोगिता हुुने छ ।
प्रतियोगिताको बिजेताले नगद रु ३३ हजार ३ सय ३३ , उप–बिजेताले रु २२ हजार २ सय २२ साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष किरण भण्डारीलेजानकारी दिए ।
साथै उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, अनुशासित समूहलाई पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्रको ब्यवस्था गरिएको खेल संयोजक वलराम अधिकारीले बताए ।
क्लवका सचिव मोहन अधिकारीका अनुसार खेलमा सहभागिता जनाउन चैत्र १२ गतेसम्म टिम दर्ता गराउनपर्ने छ ।
Related News
सम्बन्धित समाचार
पोखरा म्याराथन अन्तर्गत चैत १२ हुने दौडको सम्पूर्ण तयारी पूरा
नेपालले ¥याफ्टिङमा ओलम्पिक पदक जित्ने आकलन
लाहाचोकमा माछापुच्छे कपको तयारी पूरा
पोखरा म्याराथनः केन्याका कोसगाइ र नेपाल प्रहरीकी प्रसाईं प्रथम
पोखराको पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै म्याराथन दौड