पोखरा, ४ चैत । नेपाल पशु सेवा स्वास्थ्य प्राविधिक संघ (नेल्टा) गण्डकी को चैत ६ गते शुक्रबार पोखरामा हुने दोस्रो भेला तथा अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
कार्यक्रमको प्रचारप्रसार र व्यवस्थापकीय तयारीलाई तीव्र पारिएको छ ।नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले भेलाको उद्घाटन गर्ने कार्यक्रम तय भएको नेल्टा महासचिव सुरेश श्रेष्ठले जानकारी दिए ।
भेलामा गण्डकी प्रदेशका ११ जिल्लाका ३ सय जना सहभागी हुने छन् । त्यस अवसरमा नेल्टाको विकास र विस्तार, उत्कृष्ट कृषक गरी २२ जनालाई सम्मान गरिने छ ।
भेलामा नेल्टाका गतिविधिका समीक्षा गनुको साथै भावि कार्ययोजना समेत तयार गरिने छ । साथै आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने छ ।
यसअघि ११ बजे तय गरिएको कार्यक्रम प्राविधिक कारणले गर्दा बिहान ८ बजेदेखि हुने भएका नेल्टा गण्डकी प्रदेश अध्यक्ष सहदेव पौडेलले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
बाढी र डुबानका कारण विद्यालय बन्द
पोखरामा महानगर प्रमुख र प्रशासकीय अधिकृतको भेला
मेलम्ची क्षेत्रमा यातायात आवागमन कठिन बन्दै
प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीलाई पनि सहभागी गराउन आदेश
पेस्तोलसहित पक्राउ