सुदूरपश्चिम, ३ चैत (रासस)।कैलालीको टीकापुर नगरपालिका–१ निवासी जीवन विष्टको भान्सा घरमा खाना पकाउने ग्यास चुहावट भई आगलागी हुँदा चार घाइते भएका छन् ।
ग्यास जडान गर्ने क्रममा आज भएको आगलागीबाट ३० वर्षीय निज विष्टसहित पत्नी २८ वर्षीया बबिता विष्ट, तीन वर्षीय छोरा जेनेल र सोही वडाको विजयनगर मुक्तकमैया शिविरका हरि चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले बताए।
घाइतेमध्ये जीवन विष्ट र हरी चौधरीको अवस्था गम्भीर छ । अन्य दुईको अवस्था समान्य छ । घटनामा घाइते हुनेलाई तत्काल टीकापुर अस्पतालमा पु¥याइएकोमा थप उपचारका लागि कोहलपुर लगिएको छ ।
Related News
सम्बन्धित समाचार
असी प्रतिशत तहको गणना सम्पन्न
गणतन्त्र दिवस तीन दिनसम्म मनाइने
कैदी झुन्डिएको अवस्थामा भेटिए
अरुण–४ आयोजना निर्माणका लागि प्राधिकरण र सतलजबीच समझदारीपत्रमा हस्ताक्षर
झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु, चार बिरामी