काठमाडौँ, २ चैत (रासस) । देशभर पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३११ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कारोनाका कारण कसैको पनि मृत्यु भएको छैन । अहिलेसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ३१७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ७५ पुगेको छ ।
योसँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ७१ हजार ४०१ रहेको छ । नेपालमा निको हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको छ ।
अहिले देशभर ८९५ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ४४ जना क्वारेन्टिनमा रहेका छन् । अन्य आइसोलेशनमा रहेका छन् । हालसम्म नेपालमा २२ लाख १८ हजार ७२२ को पिसिआर परीक्षण भएको छ ।
हालसम्म तीन हजार १४ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
सफलता उन्मुख लेखनाथ महोत्सव
एन प्याव्सन कास्कीको २६ औं स्थापना दिवस (सम्मानित शिक्षक कर्मचारीहरुको नामवली सहित)
पोखरा महोत्सवमा युनाईटेड छात्राबासका लागि सहयोग आउने क्रम शुरु
कास्कीको मादी गाँउपालिका नागीधार गाँउमा हुने नागीधार महोत्सवको तयारी तिब्र
१३ औं पोखरा महोत्सव शुरु
Archives
Archives