काठमाडौँ, १ चैत (रासस) । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु ४०० ले उकालो लागेको छ ।
चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा रु ८६ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा रु ८६ हजार २०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन आज तोलामा रु ८६ हजार १५० मा कारोवार हुनेछ ।
शुक्रबार तेजाबी सुन तोलामा रु ८५ हजार ७५० मा कारोवार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा रु एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
निर्माणाधीन काँहुखोला–सिक्लेस– दुधपोखरी सडकको अनुगमन
पोखरामा तेस्रो हेरिटेज अफ फेसन
अञ्जुली आवासीय विद्यालयको ३० औं वार्षिकोत्सव
टाइगरकप भलिबलको पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफले जित्यो उपाधि
पोखरामा यतीको जहाज दुर्घटना, ६८ जनाको मृत्यु, चार बेपत्ता