काठमाडौँ, २९ फागुन (रासस) । पश्चिमी वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहनुका साथै उच्चपहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको जनाएको छ ।
मौसमविद् गङ्गा नगरकोटीका अनुसार पश्चिमी वायुको प्रभाव आज रातिसम्म कायम रहने छ । आइतबारदेखि फेरि स्थानीय वायुको प्रभाव देखिने सम्भावना रहेको बताइएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव दुई डिग्री र अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम दुई दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।
Related News
सम्बन्धित समाचार
ठकुरी बस्तीमा निःशुल्क आँखा शिविर
साईबर अपराध सम्वन्धी सचेतनामूलक कार्यक्रम
पोखराका केहीस्थानमा टेलिफोन सेवा अवरुद्व हुने
वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह
नेशनल क्रियशनमा शैक्षिक पुरस्कार वितरण
Archives
Archives