चितवन, २७ फागुन (रासस) । पृथ्वी राजमार्गको चुुम्लिङटारमा त्रिशूलीमा ट्रक खस्दा दुई घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुनवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख २७६ नम्बरको सिमेन्ट बोकेको ट्रक इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको हो । ट्रक त्रिशूलीमा खस्दा ट्रकका चालक र सहचालक घाइते भएका छन् ।
घाइते हुनेमा ट्रकका चालक नवलपरासी, सुनवलका २८ वर्षीय दीपक मगर र सहचालक १७ वर्षीय सुदीप विक रहेका छन् ।
उनीहरुमध्ये चालक मगरको अवस्था गम्भीर रहेको छ भने सहचालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते दुवैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक राति २ बजे दुर्घटना भएको हो ।
Related News
सम्बन्धित समाचार
बलात्कार घटनामा हदम्याद बढाउन नेविसङ्घको माग
प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट
असी प्रतिशत तहको गणना सम्पन्न
गणतन्त्र दिवस तीन दिनसम्म मनाइने
कैदी झुन्डिएको अवस्थामा भेटिए