पोखरा, २६ फागुन । कास्कीको पोखरा महानगरपालिका वडा नं २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा तेस्रो डायमण्ड रनिङ शिल खेलकुद प्रतियोगिता शुरु भएको छ ।
कोरोना महामारी कम भएर विद्यालय सञ्चालन भएपछि विद्यार्थीहरुलाई पढाइको साथसाथै खेलकुदका माध्यमले पनि अगाडि वढाउने उद्देश्यले खेलकुद प्रतियोगिता संचालन गरिएको विद्यालयका निर्देशक माधव शरण उपाध्यायले बताएका छन् ।
पोखरा महानगरपालिका वडा नं. २९ का वडा अध्यक्ष चेत बहादुर गुरुङले विद्यालयका खेलकुद शिक्षक विनोद थापालाई बल हस्तान्तरण गरेर खेल शुभारम्भ गरेका थिए ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल यम बहादुर रोका, व्यवस्थापक प्रमुख हरि प्रसाद लामिछाने, शैक्षिक विभाग प्रमुख संजीव थापा लगायतल बोलेका थिए ।
विद्यार्थीलई फुटबल, क्रिकेट, भलिवल, टेवल टेनिस लगायतका खेल सिनियर समूहमा खेलाइने वताइएको छ । जुनियर समूहमा अर्काे चरणमा खेलकुद प्रतियोगिता गर्ने विद्यालयमा अतिरिक्त क्रियाकलाप प्रमुख विकाश लामिछानेले जानकारी दिए ।
खेलकुद प्रतियोगिता फागुन २८ गते सम्म सञ्चालन हुने छ ।
Related News
सम्बन्धित समाचार
ह्विलचेयर बास्केटबल प्रतियोगितामा महानगर टीम प्रथम
लुम्बिनी विकास बैंक अरण्यज्योति कप हुने
‘खेलकुद र ध्यान’ विषयक कार्यशाला
नेपाल ट्रायथोलन सङ्घ प्रादेशिक संरचनामा, गण्डकीको अध्यक्षमा सुमन
वडाध्यक्ष बराल जोडी वडाध्यक्ष कप व्याडमिण्टनको फाइनलमा