पोखरा,२२ फागुन । प्रहरीले लागूआौषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
पर्वत कुश्मा नगरपालिका वडा ३ बडागाँउ बस्ने २२ वर्षीय मनोज कुवँरलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
उनको साथबाट लागूऔषध डाईजापाम– ३४ एम्पुल, फेनेरागन– ३४ एम्पुल, नुर्फिनुर– ३४ एम्पुल गरी एक सय २ एम्पुल, मोवाईल २ थान र नगद रु.१ हजार २ सय बरामद गरिएको छ ।
सवारी साधन चेकजाँच गर्ने क्रममा शुक्रबार दिउँसो पोखरा महानगरपालिका वडा नं.२७ डाडाकोनाक स्थित पृथ्वी राजमार्ग सडक खण्डबाट उनलाई पक्राउ गरिएको हो ।
लागूऔषध सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा महानगरपालिका वडा नं.१६ र १९ मा निःशुल्क एम्बुलेन्स सेवा
सुर्खेतका वादीलाई ग्लोबलको सहयोग
तेर्सापट्टिमा निःशुल्क एकिकृत प्रजनन् स्वास्थ्य शिविर
एन प्याव्सनको भाषा ज्ञान प्रतियोगितामा अञ्जुली प्रथम
प्रस्तावित शिक्षा विधेयक शंसोधन गर्न निजी विद्यालय संगठनको माग