पोखरा, २१ फागुन । नेपाल ट्रेड युनियन काँग्रेसले शुक्रबार ७५ औं स्थापना दिवस मनाएको छ ।
ट्रेड युनियनका जिल्ला शाखाले देशभर नै विविध कार्यक्रम गरी स्थापना दिवस मनाएका हुन् ।
स्थापना दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस कास्कीले पोखरा १७ मानव सेवा आश्रमलाई सहयोग गरेको छ ।
युनियनले आश्रमका लागि आवश्यक १५ थान कुर्ची र तिन थान भित्ते पङ्खा सहयोग गरेको हो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका सल्लाहकार रामजी कुँवरले सामाजिक उत्तरदायित्वका काममा समेत युनियनको अग्रसरता देखाएको बताए ।
युनियनका उपाध्यक्ष तेजेन्द्रजंग कार्कीले सामाजिक कार्यमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे ।
त्यस अवसरमा युनियनका उपमहासचिव गणेश केसी, गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्मा, कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देल, आश्रमका संचालन राजन सापकोटा, समाजसेवी विष्णुप्रसाद बराल, पूर्व अध्यक्ष कुलदेवी बराल, गृह श्रमिक संघ कास्की अध्यक्ष लालुमाया र्ेग्मी, युनियन कास्कीका उपाध्यक्ष कमलनाथ सापकोटा, सचिव रुद्र तिमिल्सिनाले बोलेका थिए ।
कार्यक्रम नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा भएको थियो ।
Related News
सम्बन्धित समाचार
कानुन व्यवसायी बाँस्तोला अभियनयमा
पोखरा १३ का विपन्न तथा मजदुरका लागि निशुल्क स्वास्थ्य बिमा कार्ड
पोखरामा रगत अभाव, सोमबार बिहान जिरो किमिमा रक्तदान कार्यक्रम
पर्यटन टिकाउन होटल संघद्वारा राष्ट्र बैंकको ध्यानाकर्षण
ईन्टर कलेज व्याण्ड कम्पिटिसनका दर्शकलाई एनटिसीको सिम निःशुल्क वितरण गरिने