पोखरा, २० फागुन । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा सञ्चालन हुने पोखरा म्याराथनका लागि मञ्चको अन्तर्राष्ट्रिय पार्टनर संस्था पोखरेली मञ्च यूकेले ५ लाख ३० हजार सहयोग गरेको छ ।
पोखरामा बिहिबार आयोजित पत्रकार सम्मेलनमा पोखरेली मञ्च यूकेका कोषाध्यक्ष कमल गुरुङले ५ लाख ३० हजारको चेक भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेज गुरुङलाई हस्तान्तरण गरेका हुन् ।
मञ्चका अध्यक्ष गुरुङले पोखरेली मञ्चको सहयोगका लागि आभार व्यक्त गर्दै विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का बीचमा विदेशबाट पोखरा म्याराथनका लागि सहयोग हुनु स¥हानीय भएको बताए ।
पोखरेली मञ्च यूकेका कोषाध्यक्ष कमल गुरुङले पोखरा म्याराथनले पोखरेलीहरुको अपनत्व प्राप्त गरेकाले सफल कार्यक्रम मध्येको एक भएको बताए ।
१० र ५ किलोमिटर दौडको रुट परिवर्तन
पोखरा म्याराथन अन्तर्गत आयोजना हुने १० किलोमिटर महिला तथा पुरुष र ५ किलोमिटर छात्रा–छात्रा दौडको रुट परिवर्तन भएको मञ्चका अध्यक्ष गुरुङले जानकारी दिएका छन् ।
चैत्र १४ गते हुने १० किलोमिटर दौड पोखरा रंगशालाबाट शुरु भएर पृथ्वीचोक, मुस्ताङचोक, शहिद चोक, लेकसाइड हल्लनचोक, जरेवर, जिरो किमि, सृजनाचोक, सभागृह चोक, न्यूरोड हुँदै चिप्लेढुङ्गा स्थित मानवअधिकार चौतारमा पुगेर समापन गरिने मञ्चले जनाएको छ ।
त्यसै गरी २०७८ वैशाख ४ गते आयोजना हुने ५ किलोमिटर दौड पोखरा रंगशाला, पृथ्वीचोक, सभागृह चोक, न्युरोड, वीपी चोक चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुँदै पोखरा रंगशालामा पुगेर समापन हुनेछ ।
ह्विल चियर तथा दृष्टिविहिन दौडको तयारी पुरा
पोखरा म्याराथन अन्तर्गत यहि फागुन २२ गते शनिबार आयोजना हुने ह्विल चियर महिला तथा पुरुष र दृष्टिविहिन महिला तथा पुरुष दौडको तयारी पुरा भएको मञ्चले जनाएको छ ।
ह्विल चियर महिला पुरुषतर्फ १५ र दृष्टिविहिनतर्फ ४५ जना भन्दा वढीले नाम दर्ता गरिसकेको मञ्चका सचिव कृष्ण तिमिल्सिनाले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा स्काई डाइभिङ शुरु, नेपाली प्रशिक्षकहरु नै स्काइ डाइभिङ गराउन सफल
माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा प्रि. क्वाटरफाइनल खेल सकियो
युनिकन अन्तर विद्यालय फुटबल प्रतियोगितामा छात्रा तर्फ अमरसिंह र छात्र तर्फ बाराही प्रथम
पांचौ संस्करणको क्रस कन्ट्रीमा आर्मीको बर्चस्व
भारतका आश्रब्य र मंगोलियाकी मार्टा च्याम्पियन
Archives
Archives