काठमाडौँ, १८ फागुन (रासस)।सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ ।
वार्ताका माध्यमबाट नै समस्या समाधान गर्ने नेपाल सरकारको निर्णयानुरुप गृहमन्त्री रामबहादुर थापाका संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई सदस्य रहेको दुई सदस्यीय वार्ता टोली आज गठन गरिएको हो ।
नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जारी गरेको प्रेस विज्ञप्तिमा वार्ता टोली गठन गरिएको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
कतै वर्षा, कतै हिमपात
स्ववियु निर्वाचन केन्द्रीत बन्दै विद्यार्थी संगठन,निर्वाचन समिति गठन
अभिनेता शाह रिहा
राष्ट्रपतिका लागि पौडेल र नेम्वाङको उम्मेद्वारी
आज शिवरात्री पर्व