तस्वीर सौजन्य ः सुयोत श्रेष्ठ
पोखरा, १८ फागुन । के.एन. स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा सोमबारदेखि पोखरामा सुपर जेनरल इन्टर क्लव टी–ट्वान्टी क्रिकेट लिग–२०२१ शुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा चितवन क्रिकेट क्लव विजयी भयो । चितवनले स्याँग्जा क्रिकेट क्लवमाथि ६६ रनको फराकिलो जित निकालेको हो ।
पहिला व्याटिङ गरेको चितवनले १५४ रनको योगफल तयार पारेको थियो । चितवनको तर्फबाट राजेश ढकालले ८ चौका प्रहार गर्दै ४४ रनको महत्वपूर्ण पारी खेले भने रोविन शर्माले ३१ रन जोड्दै उनलाई राम्रो साथ दिए । स्याँग्जाका बलरहरु विष्णु पाण्डेले ४ तथा अशोक श्रेष्ठ, सुरज गुरुङ्ग र दिपेश क्षतिले समान एक–एक विकेट लिए ।
जितका लागि १ सय ५५ रनको लक्ष्य पछ्याएको स्याँग्जा १५.२ ओभरमा ८८ रनमै अलआउट भयो । स्याँग्जाको तर्फबाट विक्रम थापा र सौजन्य रेग्मी दुवैजनाले २४÷२४ रनको योगफल तयार पारको थिए । चितवनको बलिङ्गतर्फ दिपेश श्रेष्ठ र कृतन गुरुङ्गले ३÷३ विकेट लिए भने संघर्ष पौडेल र अनुज चन्द्रले पनि २÷२ विकेट लिए । प्रतियोगिताको पहिलो खेलमा चितवनका राजेश ढकाल विन्धेश्वरी भाँडा उद्योग म्यान अफ द म्याच हुन सफल भए ।
यसअघि नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य ऋषि गौतमले बलिङ तथा प्रतियोगिताको मुख्य प्रायोजक सुपर जनरल कम्पनीका गण्डकी प्रदेश प्रमुख फैजल अलिले ब्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।
त्यस्तै कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले अफिसियल दिलीप अग्रहरीलाई म्याच बल प्रदान गरेका थिए । आयोजक के.एन. स्पोर्टसका सञ्चालक समेत रहेका प्रतियोगिता संयोजक कमल थापाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा क्रिकेट खेलाडी प्रविण ढकालले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
माछापुच्छे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको तयारी पुरा, प्रतिययोगिता भोलिदेखि
कास्कीको सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता जारी
टाइगर कप भलिबलः फाइनल खेल आज हुने
हिसान गण्डकी फुटसल कास्की छनौटमा गुरुकुल विद्यासदन च्याम्पियन
लम्बियो टाइगर कपः बिहीबार महिलातर्फ एलिमिनेटर र पुरुषतर्फ लिग चरणका खेल हुने