काठमाडौँ, १६ फागुन (रासस) । प्रहरीले बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त मालिगाउँको टोलीले काठमाडौँ महानगरपालिका–५ हाँडीगाउँबाट बाघको छाला बिक्री गर्न ग्राहकको खोजी गरिरहेको अवस्थामा ३५ वर्षीय मोहन कार्कीलाई आज पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बाघको छाला बिक्री वितरणका लागि घरको कोठामा राखेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।
प्रहरीले पक्राउ कार्कीसँग टाउको र नङ्ग्रासहित आठ फिट लम्बाइ र तीन फिट चौडाइ भएको बाघको छाला बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा…
प्रहरी र स्थानीयवासीका बीचमा झडप ः आठ प्रहरी घाइते
पहिरोमा स्काभेटर पुरिँदा चालकको मृत्यु
महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता
मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व