दुर्घटनामा एकको मृत्यु, चार घाइते

रासस
फागुन १२, २०७७
Road sign used in Spain – Accident

Road sign used in Spain – Accident.

कावासोती, १२ फागुन (रासस)  । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्युु भएको छ ।

दुर्घटनामा परी चार घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पूर्वपश्चिम राजमार्गको दाउन्नेमा आज दिउँसो बस आफैँ अनियन्त्रित भएर सडक छेउमा पल्टिँदा बसका चालकको मृत्यु भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका–२ घ्यूखोलामा ना६ख ५०३५ को बस आफँै अनियन्त्रित भएर पल्टिँदा बसका चालक दाङ घोराही उपमहानगरपालिका–१४ बस्ने ४० वर्षीय मोतीराम बुढाको मृत्यु भएको हो । बस सडक छेउमा खस्दा चालक अचानक खस्दा मृत्यु भएको हो ।

चालक सडकदेखि २०० मिटर तल खस्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।  बसमा सवार यात्रु भने सबै सकुशल रहेको उनले  बताए । यस्तै बौदिकाली गाउँपालिका–६, कोटरथमा लु१ज ३३२९ नम्बरको जिप पल्टिँदा तीन घाइते भएका छन् ।

घाइते हुनेमा बौदिकाली गाउँपालिका–४ बस्ने ३१ वर्षीय मोहनसिंह थापा, २२ वर्षीय यमबहादुर गाहा, ३७ वर्षीय पीताम्बर गाहा, २५ वर्षीय कुलबहादुर गाहा घाइते भएका छन् । घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए । ।

Related News

सम्बन्धित समाचार

  • डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन गण्डकी प्रदेश संयोजकमा पाण्डे

    राष्ट्र न्यूज सम्वाददाता फागुन ६, २०८०
    पोखरा,६फागुन। डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन नेपाल गण्डकी प्रदेश समितिको अधिवेशनले शम्भुराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको…
  • जुवा खेलिरहेका सात जना पक्राउ

    राष्ट्र न्यूज सम्वाददाता माघ २१, २०८०
    पोखरा, २१ माघ । प्रहरीले पोखरामा जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ । पोखरा म.न.पा. वडा नं.१२ अमरसिंह…
  • कास्कीमा सात पत्रकार सम्मानित

    राष्ट्र न्यूज सम्वाददाता माघ १२, २०८०
    पोखरा, १२ माघ । नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा सात पत्रकार सम्मानित हुनुभएको छ ।…
  • सेती नदीमा मिश्रको शव भेटियो

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २८, २०८०
    पोखरा, २८ मंसिर । मंसिर २५ गतेदेखि हराइरहेका एक युवकको आज शव भेटिएको छ । तनहुँ स्थायी घर भई हाल…
  • पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २२, २०८०
    पोखरा, २२ मंसिर । आठौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव पोखरामा सुरु भएको छ । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको…

Archives

Archives