विरौटामा कृषि ज्ञान केन्द्र

राष्ट्र न्यूज सम्वाददाता
फागुन १०, २०७७
krishi

कृषि ज्ञान केन्द्र कास्कीको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ।

पोखरा, १० फागुन । पोखराको विरौटामा कास्की जिल्लाको कृषि गतिविधिलाई प्रवद्र्वन गर्न कृषि ज्ञान केन्द्र कास्की स्थापना गरिएको छ ।

सो कार्यालयले कास्की जिल्लाको कृषि सम्बन्धी तथ्याङ्क अभिलेखिकरण, रसायनीक मल निरीक्षण, विउँ विजनको गुणस्तर नियन्त्रण, कृषि प्रविधि प्रशार तथा प्रदर्शनी, पालिकाका कृषि कर्मचारीको क्षमता अभिवृद्वि, प्राङ्गारिक कृषि प्रवद्र्वन र कृषि जैविक विविधता प्रवद्र्वन जस्ता काम गर्ने कार्यालय प्रमुख शालिकराम अधिकारीले जानकारी दिए ।

सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कार्यालय उद्घाटन गर्दै मुुलुकका लागि भू उपयोग निती आवश्यक परेको बताए ।

उनले प्रदेश र स्थानीय सरकारका कारण नै आर्थिक समृद्विको अभियानले गति लिएको बताए ।

गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले बाँझो जग्गामा उत्पादन बढाउन प्रोत्साहनका कार्यक्रम ल्याइने उल्लेख गरे ।

प्रदेश सभा सदस्य दीपक कोइरालाले आत्मनिर्भर अर्थतन्त्रमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका सचिव सवनम सिवाकोटी, कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख शालिकराम अधिकारी, कृषि प्रशार अधिकृत बिना पराजुलीले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives