नेतृत्व लिएर सबैलाइ मिलाउँछौं ः सिग्देल

राष्ट्र न्यूज सम्वाददाता
फागुन १०, २०७७
mmm

पोखरा, १० फागुन । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सबै संगठनलाई मिलाएर लिएर जाने बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका सन्दर्भमा पोखरामा गरेको छलफल तथा भेलामा उनले महासंघलाई सबै पत्रकारको साझा संस्था बनाउने गरी नेतृत्व युनियनले लिने उद्घोषण गरे ।

नेकपा निकट पत्रकारका २ संगठनले सहकार्यका लागि युनियनसँग छुट्टाछुट्टै प्रस्ताव गरेको भए पनि उनले युनियनले सबै पत्रकारलाई मिलाएर लैजान भूमिका निर्वाह गर्ने बताए ।

प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेलले संगठनप्रति बफादारसँगै क्रियाशील पत्रकारलाई संस्थाले अगाडि बढाउने बताए ।

युनियनका महासचिव अजयबाबु शिवाकोटीले महासंघमा कसैबाट लिने गरी नभई आफूहरुले दिने गरी अन्य संगठनसँग सहकार्य गर्न सकिने बताए ।

युनियन कोषाध्यक्ष सरोज अधिकारीले न्याय र विवेक प्रयोग गरी उम्मेद््वार छनोट गर्न नेतृत्वलाई आग्रह गरे ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य सरीता तिमिल्सिना पगेनी, दिलीप पौडेल, पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष एवं युनियन सल्ल्लाका रवीन्द्र बास्तोला, पत्रकार महांघका पूर्व उपाध्यक्ष एवं युनियनका सल्ल्लाकार गंगाघर पराजुली, सल्लाहकार शिरोमणि बराल, तारा पाखे, डा बलराम उपाध्याय रेग्मी, पत्रकार महासंघ कास्की उपाध्यक्ष विमला भण्डारी, पत्रकार कमल पौडेल, हिमनिधि लौडारी, माधव रेग्मी, वासुदेव पौडेल, वेदनिधि तिमिल्सिना, काँगे्रसका सञ्चार विभाग सदस्य कृष्ण थापा, युनियनका उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, सचिव प्रदीप पौडेल, पत्रकार उत्तम पौडेलले युनियनलाई एकतावद्ध बनाएर लौजान नेतृत्वलाई सुझाव दिए ।

भेलामा पत्रकार महासंघ कास्कीमा साधारण सदस्य समेत रहेका युनियन निकट १ सय जना पत्रकारको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives