पोखरा, ९ फागुन । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई उपचारका लागि आज भारत जादै छन् ।
उनी नेपाल वायुसेवा निगमको जहाजबाट भारतको दिल्ली जाने छन् । केही दिनयता पेटमा समस्या देखिएपछि उपचारका लागि काठमाडौंको निदान अस्पतालमा भर्ना भएका थिए ।
उनलाई न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका गरिएको छ । उनको उपचार दिल्लीको इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस अस्पतालमा हुने बताइएको छ ।
Related News
सम्बन्धित समाचार
तीन विधामा अन्तर्दृष्टि पुरस्कार वितरण
लुटपाटमा संलग्न समूह पक्राउ
आज माघे संक्रान्ति
पोखरा विश्वविद्यालयका गतिविधिप्रति कास्की काँग्रेसको ध्यानाकर्षण
उपप्रधान तथा गृहमन्त्री लामिछाने विरुद्वको मुद्दामा के भयो निर्णय ?