पोखरा, ८ फागुन । नेकपा केपी शर्मा ओली समूहले आज विराटनगरमा प्रदर्शन गर्दै छ ।
प्रदर्शनपछिको आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर जाने कार्यक्रम छ ।प्रधानमन्त्री ओली आउने भएपछि त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ।
सम्बोधनका लागि गृहमन्त्री रामबहादुर थापा र नेता सुवासचन्द्र नेम्वाङलगायतका नेता पनि विराटनगर पुग्ने बताइएको छ । १ नम्बर प्रदेश स्तरीय आमसभाका लागि प्रदेशका विभिन्न जिल्लाहरुबाट समेत ठूलो संख्यामा कार्यकर्ता उतार्ने तयारी छ ।
संसद विघटनपछि नेकपाको ओली समूह र पुष्पकमल दाहाल–माधव नेपाल समूहले दिनहुँ जसो प्रदर्शनलाई जारी राखेका छन् ।
Related News
सम्बन्धित समाचार
लुटपाटमा संलग्न समूह पक्राउ
आज माघे संक्रान्ति
पोखरा विश्वविद्यालयका गतिविधिप्रति कास्की काँग्रेसको ध्यानाकर्षण
उपप्रधान तथा गृहमन्त्री लामिछाने विरुद्वको मुद्दामा के भयो निर्णय ?
प्रतिनिधिसभाको अधिवेशन पुस २५ गते