पोखराको पार्किङ बारे व्यवसायीले के भने ?

पार्किङ समस्या सुल्झाउन खोज्दै पोउवा संघ

राष्ट्र न्यूज सम्वाददाता
फागुन ७, २०७७
parking

पोखरा, ७ फागुन । पोखरा उद्योग वाणिज्य संघले पोखराको पार्किङ समस्या सुल्झाउनको लागि उद्योगी÷व्यवसायीबाट सुझाव संकलन सुरु गरेको छ ।

संघको फुटपाथ तथा बजार व्यवस्थापन उपसमितिको आयोजनामा बिहीबार भएको कार्यक्रममा बोल्दै संघका अध्यक्ष नारायण कोइरालाले बजार क्षेत्रमा देखिएको पार्किङ समस्या समाधानको उपाय खोज्ने उद्देश्यले सुझाव संकलन थालिएको बताए ।

उनले व्यवसायीले दिएका सुझावहरुको आधारमा संघले आफ्नो धारणा बनाउने र समस्या सल्टाउन महानगरलाई आग्रह गरिने जानकारी दिए ।

कार्यक्रममा संघका उपाध्यक्ष तथा फुटपाथ तथा बजार व्यवस्थापन उपसमिति संयोजक अर्जुन पोखरेलले अव्यवस्थित पार्किङका कारण पोखराले आफ्नो सुन्दरता पनि गुमाएको र व्यवसायमा पनि ठूलो असर पु¥याएको चर्चा गर्दै व्यवस्थित पार्किङको लागि नै कार्यक्रम आयोजना गरिएको बताए ।

पार्किङ बारे के भन्छन् व्यवसायी

व्यवसायी लक्ष्मण श्रेष्ठले पार्किङ शुल्क लिने गरी कार्डको व्यवस्था गर्न तथा सडकको एकातिर गाडी र अर्कोतिर मोटरसाइकल पार्किङ गर्दा राम्रो हुने बताए ।

व्यवसायी शेषकान्त ढकालले दोकान अगाडि सामान झार्दा र लैजाँदा पनि पार्किङ शुल्क माग्ने गरिएको बताउँदै स्थायी पार्किङ स्थल निर्माण हुनुपर्नेमा जोड दिए ।

व्यवसायी चन्द्रेश्वर बस्ताकोटीले मोटरसाइकलमा डुलेर पार्किङ शुल्क उठाउने गरिएको बताउँदै एक–एक घण्टामा पार्किङ शुल्क लिने परिपाटी गलत भएको बताए ।

संघका पूर्व उपमहासचिव रामजी बास्तोलाले पार्किङ शुल्क व्यवहारिक हुनुपर्नेमा जोड दिए ।

नरेन्द्र आचार्यले नगरबसहरुले जता पायो त्यतै मान्छे झार्ने र ओराल्ने गर्दा समस्या परेको बताए ।

रामकृष्ण ढुंगानाले फिरन्ते व्यापारीहरुले घरघर गएर सामान बेच्दा कर तिरेर व्यवसाय गर्नेहरु मर्कामा परेको बताए ।

पोखरा उद्योग वाणिज्य संघका कार्य समिति सदस्य बालकृष्ण कोइरालाले ट्राफिक नियम उलंघन हुँदा मनोमानी रुपले जरिवाना तिराइने गरेको गुनासो गरे ।

संघका पूर्व उपाध्यक्ष मीनराज काफ्लेले महानगरले जग्गा व्यवस्थापन गर्दै सशुल्क पार्किङ स्थल बनाउनुपर्नेमा जोड दिए ।

संघका कार्यसमिति सदस्य हरिराज पन्तले मालबाहक साना गाडीहरुलाई विभिन्न बहानामा ट्राफिक प्रहरीले दुःख दिने गरेको बताए ।

व्यवसायी बासु त्रिपाठीले भावनामा बगेर पोके व्यापारीलाई संरक्षण नगर्न व्यवसायीहरुसँग आग्रह गरे ।

अर्का व्यवसायी विष्णुप्रसाद तिमिल्सिनाले सडकमा कर उठाउनु नाजायज भएको बताए ।

यस्तै कार्यक्रममा बोल्दै व्यवसायी किरण ढकालले व्यवसायीकै संरक्षणका कारण फुटपाथमा व्यापार बढेको जिकिर गरे ।

व्यवसायी देवराज आचार्यले पोखराको ट्राफिक व्यवस्थापनमा महानगरले उदाशिनता देखाएको आरोप लगाए ।

संघका पूर्वउपाध्यक्ष माइकल कर्माचार्यले पार्किङ व्यवस्थापनको लागि महानगरले सार्वजनिक निजी साझेदारीको अवधारणामा टेकेर निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives