पोखरा, ६ फागुन । गण्डकी प्रदेशमा वर्ड फ्लु भित्रिन सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी र सतर्कता अपनाउनुपर्ने निष्कर्ष निकालिएको छ ।
प्रादेशिक एभियन ईनफलुएन्जा रोग नियन्त्रण प्राविधिक समन्वय समितिको पोखरा बिहीबार बसेको बैठकले त्यस्तो निष्कर्ष निकाल्दै पंक्षि र पंक्षिजन्य पदार्थको ओसारपसारमा निगरानी बढाउने निर्णय गरेको छ ।
गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव विष्णु प्रसाद नेपालको अध्यक्षतामा बसेको बैठकले वर्ड फ्लुसँग सम्वन्धित नमूनाको संकलन र परिक्षण बढाउने पनि निर्णय गरेको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालका प्राविधिक अधिकृत सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।
बैठकले उच्च जोखिममा रहेका जिल्लाहरुममा वर्ड फ्लु सम्वन्धी चेतनामूलक सन्देश प्रवाह गर्ने पनि निर्णय गरेको छ ।
त्यस्तै बैठकले वर्ड फ्लु रोकथाम र नियन्त्रणका लागि यसअघि गठित समिति पनि पुर्नगठन गरेको छ ।
केही समय पहिले माघ १६ गते भारतमा र माघ २७ गते काठमाण्डौंको तारकेश्वर नगरपालिकामा वर्ड फ्लु रोग देखिएपछि त्रास बढेको छ ।
Related News
सम्बन्धित समाचार
कानुन व्यवसायी बाँस्तोला अभियनयमा
पोखरा १३ का विपन्न तथा मजदुरका लागि निशुल्क स्वास्थ्य बिमा कार्ड
पोखरामा रगत अभाव, सोमबार बिहान जिरो किमिमा रक्तदान कार्यक्रम
पर्यटन टिकाउन होटल संघद्वारा राष्ट्र बैंकको ध्यानाकर्षण
ईन्टर कलेज व्याण्ड कम्पिटिसनका दर्शकलाई एनटिसीको सिम निःशुल्क वितरण गरिने