पोखरा, २५ माघ । सांदीपन मिडिया प्रा.लिले सञ्चालनमा ल्याएको राष्ट्र न्यूज डट कमको सम्पादकमा प्रकाशचन्द्र सापकोटा नियुक्त भएका छन् ।
प्रा.लिका सञ्चालक सपना पोख्रेलको अध्यक्षतामा बसेको बैठकले सापकोटालाई सम्पादकमा नियुक्त गरेको हो ।
पोखरा २५ हेमजा निवासी सापकोटा विगत २ दशकदेखि पत्रकारितामा संलग्न छन् । सापकोटा करीब डेढ दशक पोखराको आदर्श समाज दैनिकमा कार्यरत थिए । उनले राष्ट्रिय समाचार समिति र रेडियो हेमजामा पनि काम गरेका थिए ।
पत्रकारिता क्षेत्रमा लगनशील, मिलनशार र इमान्दार पत्रकारका रुपमा परिचित सापकोटाले पत्रकारितामा पु¥याएको योगदानका कारण पत्रकारिता क्षेत्रका विभिन्न पुरस्कारबाट पुरस्कृत हुनुको साथै सामाजिक क्षेत्रबाट सम्मानित भएका छन् ।
उनले आफ्नो अनुभवलाई कुशलताका साथ राष्ट्र न्यूज डट कमलाई उपयोग गर्दै मर्यादीत पत्रकारितामा समर्पित हुने प्रतिवद्वता व्यक्त गरेका छन् ।
फागुन ४ गतेदेखि राष्ट्र न्यूज डट कम विधिवत् रुपमा सञ्चालनमा ल्याउने तयारी छ ।
Related News
सम्बन्धित समाचार
तीन विधामा अन्तर्दृष्टि पुरस्कार वितरण
लुटपाटमा संलग्न समूह पक्राउ
आज माघे संक्रान्ति
पोखरा विश्वविद्यालयका गतिविधिप्रति कास्की काँग्रेसको ध्यानाकर्षण
उपप्रधान तथा गृहमन्त्री लामिछाने विरुद्वको मुद्दामा के भयो निर्णय ?