पोखरा, २५ माघ। नेपाली काँग्रेसकी महिला नेतृ रङ्गिला आचार्यले सहयोग अभियानलाई जारी राखेकी छन् ।
पछिल्लो पटक सहयोग गर्न उनी पोखरा १६ अर्मलाकोटको दलीत बस्ती पुगेकी छन् ।
अर्मलाकोटका एक सय घर परिवारलाई कम्मल र न्यायो कपडा वितरण गरेकी हुन् ।
यस अघि उनले पोखरा २० का कृषकलाई कोदालो सहयोग गरेकी थिइन्।
उनले कोरोना महामारीको बेला विभिन्न वडामा आपत्मा परेकाहरुलाई खाद्यान्न सामग्री तथा विभिन्न संघ संस्थालाई मास्क, सेनिटाइजर पनि सहयोग गरेकी थिइन् । सकेको सहयोग गर्नु आफ्नो कर्तव्य भएको भन्दै उनी सहयोग अभियानमा जुटेकी हुन् ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता देवराज चालिसे, केशर निर्दाेषी, परमेश्वर पोख्रेल, महेन्द्र अधिकारी, महिला नेतृ मञ्जुश्री थापाले आचार्यको सहयोग अभियानको प्रशंसा गरेका थिए ।
Related News
सम्बन्धित समाचार
कतै वर्षा, कतै हिमपात
स्ववियु निर्वाचन केन्द्रीत बन्दै विद्यार्थी संगठन,निर्वाचन समिति गठन
अभिनेता शाह रिहा
राष्ट्रपतिका लागि पौडेल र नेम्वाङको उम्मेद्वारी
आज शिवरात्री पर्व