काँग्रेससहित चार दल पोखरा महानगरपालिकामा, पार्किङ शुल्क रोक्न माग

राष्ट्र न्यूज सम्वाददाता
माघ २१, २०७७
gayapanpatra

पोखरा, २१ माघ । कास्कीका विभिन्न चार राजनीतिक पार्टीले पोखरा महानगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका पोखरा नगर स्तरीय समितिले ध्यानाकर्षण गराएका हुन् ।

काँग्रेस सभापति बजिरमान श्रेष्ठ,सहसभापति राजेन्द्रमणि लामिछाने, जसपाका टिकाराम पौडेल, जनमोर्चाका विष्णु पुरी, राप्रपाका मोतिमान शाक्यले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा सेती खोच साहसिक पर्यटन पूर्वाधार विकास आयोजना र पातले छाँगोमा शिशाको पुल निर्माण तथा पूर्वाधार आयोजनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

त्यस्तै, मापदण्ड विपरीत बनेका भवन बारे महानगरपालिका मौन बसेको, १३ करोड भ्रष्टाचार प्रकरणको छानविन र कारवाही अघि नबढाएको, २३ करोड बेरुजु छानविन नगरेको भन्दै ध्यानाकर्षण भएको जनाइएको छ ।

साथै कोरोना महामारीका बेला स्थापना गरिएको विपद् व्यवस्थापन कोष सार्वजनिक गर्न, विकास निर्माण कार्य वैशाख मसान्तसम्म सक्ने प्रावधानको व्यवस्था गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा पोखराका चोक र सडक वरिपरि उठाउँदै आइएको पार्किङ शुल्क अवैज्ञानिक र अवैधानिक भएको भन्दै तत्काल रोक्न माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै महानगरपालिका मेयर मानबहादुर जिसीले पोखरालाई हानिनोक्सानी हुने गरी कुनै काम नगर्ने बताए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives