पोखरा, १८ माघ । पोखरा भाँडा व्यवसायी संघको शनिवार सम्पन्न १४ औं साधारण सभा र सातौं अधिवेशनले आगामि २ वर्षका लागि नरेन्द्रप्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको निवर्तमान अध्यक्ष वलराम तिमिल्सिना, उपाध्यक्ष कविन्द्रमान पालिखे, सचिव लक्ष्मीप्रसाद अधिकारी, कोषाध्यक्ष ओमकुमार श्रेष्ठ र सहसचिव सुनकुमारी गुरुङ छन् ।
सदस्यमा रञ्जना मानन्धर, दिलमाया प्रजापति, मनोहरी भण्डारी, विक्रम पालिखे, कृष्ण श्रेष्ठ, सुवाष कटुवाल, किशोर भण्डारी, अशोक गोशेली, मोहन पुरी, निरा आचार्य, रामजी बराल र शिव लामिछाने छन् ।
त्यस अवसरमा वरिष्ठ व्यवसायी सम्मानबाट भुवन बज्राचार्य र सक्रिय व्यवसायी सम्मानबाट रञ्जना मानन्धरलाई सम्मानित गरिएको थियो । त्यस्तै, एसईई उत्तिर्ण व्यवसायीलाई छोराछोरीलाई पनि सम्मान गरिएको थियो ।
साधारण सभाले सचिव लक्ष्मीप्रसाद अधिकारीले प्रस्तुत गरेको वार्षिक र कोषाध्यक्ष ओमकुमार श्रेष्ठले प्रस्ुतत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
नरेन्द्रप्रसाद आचार्य
अध्यक्ष
साधारण सभा उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले व्यवसायीबीच एकता र सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा संस्थापक अध्यक्ष रविन्सन प्रजु,पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापति, सल्लाहकारहरु कुश कार्की, पुरुषोत्तम श्रेष्ठ, देवबहादुर भुजेल, भरतराज शाक्य,संरक्षक सदस्य वसन्त कोइरालाले बोलेका थिए ।
पोखरा भाँडा व्यवसायी संघका अध्यक्ष वलराम तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक नरेन्द्रप्रसाद आचार्यले स्वागत र सचिव लक्ष्मीप्रसाद अधिकारीले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लेखनाथ महोत्सवमा २ लाख ४५ हजार दर्शकले अवलोकन ८ करोडको करोवार
प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते
होली माउण्टले विविध कार्यक्रम गरी रजत जयन्ती मनाउदै
RTP Live Slots Gacor: Apa Itu dan Mengapa Penting Buat Slotter?
कवि शिरोमणि लेखनाथ पौड्यालको जन्न्मस्थान नजिकै युनाईटेड आवासिय छात्रावास बन्ने
Archives
Archives