आयो बाघ पाईला

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ३०, २०७७
bag paila

पोखरा, ३० मंसिर । प्राकृतिक सम्पदाले सिंगारिएको पर्बतको फलेबास कार्किनेटाबाट बाघ पाईला साप्ताहिक प्रकाशन शुरु गरिएको छ ।

बाघ पाईला साप्ताहिकका प्रकाशक तथा प्रधान सम्पादक पदम श्रेष्ठले विकासको प्रसस्त संभावना बोकेर पनि ओझेलमा पारिएका क्षेत्रको पहिचान गर्दै विकास र समृद्धिको ढोका खोल्ने उद्देश्यले पत्रिकाको प्रकाशन शुरु गरिएको बताए ।

पत्रिकाले हरेक क्षेत्रमा हुने सकारात्मक कामलाई प्रोत्साहन गर्दै जुनसुकै क्षेत्रमा जोसुकैले गरेका बिकृति बिसंगति विरुद्ध खरो आवाज वुलन्द गर्दै जनपक्षिय पत्रकारिता गर्ने प्रतिवद्धता व्यक्त गरे ।

ग्रामिण पर्यटन, भौतिक पूर्वाधारको विकाससँगै समाजका विभिन्न क्षेत्रमा हुने बिकृति बिसंगतिका विरुद्ध खबरदारी गर्दै जनताको सुख, शान्ति र समृद्धिका लागि सक्रिय पत्रकारिता गर्ने उद्देश्यले प्रकाशित बाघ पाईला साप्ताहिकको कार्किनेटामा बिमोचन गरिएको छ ।

फलेबास नगरपालिका १ कार्किनेटा प्रधान कार्यालय रहेको बाघ पाईला साप्ताहिकको बिमोचन फलेबास नगरपालिकाका नगर प्रमुख पद्मपाणि शर्माले गरे ।

धार्मिक, ऐतिहासिक महत्व बोकेको बाघ पाईला परिसरमा पत्रिका बिमोचन गर्दै नगर प्रमुख शर्माले साप्ताहिक पत्रिकाको प्रकाशनले ग्रामिण भेगमा ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रचार प्रसार र विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

फलेबास नगरपालिका वडा नं १ का वडाध्यक्ष बाबुराम शर्माले सिमित स्रोत साधनका बाबजुद स्थानीय निकायमा बाटो, खानेपानी लगायतका पूर्वाधारसँगै धार्मिक र पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा जुटेको जानकारी दिए ।

फलेबास नगरपालिका वडा नं २ का वडाध्यक्ष गंगानारायण श्रेष्ठले बाघ पाईला साप्ताहिकलाई जनपक्षिय ढंगले रचनात्मक पत्रकारिता गरी देशको गौरव बढाउने काममा हातेमालो गर्न आग्रह गरे ।

स्थानीय समाजसेवी भवदत्त शर्मा, राष्ट्रिय सूचना संजाल कास्कीका संयोजक यदुनाथ बञ्जरा, रेडियो कास्कीका स्टेसन मेनेजर कमल बराललगायतले बोलेका थिए ।

बाघ पाईला क्षेत्रको संरक्षण गरिने

बाघ पाईला साप्ताहिकका प्रधान सम्पादक पदम श्रेष्ठले धार्मिक र ऐतिहासिक क्षेत्र बाघ पाईलाको संरक्षणको लागि सक्रिय आवाज उठाउदै सहयोग गर्ने घोषणा गरे ।

उनले बाघको पञ्जा, गाईको खुर र गोठालाले हानेको लाठिको संकेत जनाउने पत्थरको आकृति खुल्ला छाड्दा कुनै पनि बिग्रने त्रास रहेकोले तत्काल तारवार गर्न आर्थिक, भौत्तिक र नैतिक सहयोग गर्ने जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives