पोखरा, १७ मंसिर । नेपाली काँग्रेस कास्कीले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरी हिरासतमा राखिएको घटनाको निन्दा र भत्सर्ना गरेको छ ।
वरिष्ठ नेतामाथिको प्रहरी धरपकड संघीय लोतकतान्त्रिक गणतन्त्रका लागि अशोभनीय कार्य भएको भन्दै घटनाको निन्दा र भत्सर्ना गरिएको हो।
कम्यूनिष्ट सरकार भ्रष्ट, निरकुंश हुदै राज्य आतंक, ज्यादती र बर्बतापूर्वक दमनमा उत्रन थालेको प्रमाणित भएको छ, कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
घटनालाई सबै क्षेत्रबाट जति निन्दा गरेपनि अपूग हुने भन्दै सरकारको अधिनायकवादी र सर्वसत्तावादी चरित्र विरुद्व उत्रन सबै नेपालीलाई आव्हान गरिएको छ ।
यसैबीच, घटनाको विरोधमा पोखरामा बिहीबार विरोध प्रदर्शन गरिने नेपाली काँग्रेस कास्कीका प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।
नेपाल तरुण दल कास्कीको नेतृत्वमा दिउँसो १ बजे महेन्द्रपूलमा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ।
Related News
सम्बन्धित समाचार
ईन्टर कलेज व्याण्ड कम्पिटिसनका दर्शकलाई एनटिसीको सिम निःशुल्क वितरण गरिने
पोखरा महानगरपालिका वडा नं.१६ र १९ मा निःशुल्क एम्बुलेन्स सेवा
सुर्खेतका वादीलाई ग्लोबलको सहयोग
तेर्सापट्टिमा निःशुल्क एकिकृत प्रजनन् स्वास्थ्य शिविर
एन प्याव्सनको भाषा ज्ञान प्रतियोगितामा अञ्जुली प्रथम