पोखरा, १५ मंसिर । नेपाली काँग्रेस प्रदेश १(ख) कास्कीले अगुवा नेता तथा कार्यकर्ता बैठक गरेको छ ।
बैठकमा प्रदेश अन्तर्गत पोखरा महानगरपालिकाका पाँच वटा र मादी गाउँपालिकाका १२ वटा वडाका अगुवा नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
बैठकले इकाइबाट नवीकरण भई आएका सदस्यतालाई सर्वसम्मत क्षेत्रमा पठाउने र मंसिर २० गतेसम्म नयाँ सदस्यता वितरण कार्य टुङ्गोमा पु¥याउने निर्णय गरेको छ ।
प्रदेश सभा अध्यक्ष कृष्ण कोइरालाको अध्यक्षतामा भएको बैठकले पार्टी सुदृढिकरणको अभियान अघि बढाउने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले सरकारले अनियमितता बढाइरहेको भन्दै पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।
बैठकमा कास्की काँग्रेसका सभापति कृष्ण केसीले सदस्यता नवीकरण र वितरणको काम समयमा नै सक्न निर्देशन दिएको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।
प्रदेश सभा अध्यक्ष कृष्ण कोइरालाको अध्यक्षतामा भएको बैठकमा कोषाध्यक्ष श्रीकृष्ण लामिछानेले स्वागत र सचिव सरोज केसीले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
अञ्जुली आवासीय विद्यालयको ३० औं वार्षिकोत्सव
टाइगरकप भलिबलको पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफले जित्यो उपाधि
पोखरामा यतीको जहाज दुर्घटना, ६८ जनाको मृत्यु, चार बेपत्ता
एन प्याव्सन कास्कीको २५ औं स्थापना दिवस
भारतमा भएको बस दुर्घटनामा १४ नेपालीको मृत्यु